अग्निपोस्ट सञ्चालनमा, सत्य, तथ्य र निष्पक्ष समाचारका साथमा गलत कार्यको खबरदारी रहने

सूचनाको युगमा सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको आवश्यकता झनै बढ्दै गएको छ । यही आवश्यकता र जिम्मेवारीलाई आत्मसात् गर्दै ‘आगो जस्तै शक्ति, सत्य जस्तै स्पष्ट’ भन्ने नारासहित अग्निपोस्ट डटकम गण्डकी प्रदेशबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

अग्निपोस्ट डटकम सत्यमा आधारित, तथ्यपूर्ण र निष्पक्ष समाचार सामग्री प्रस्तुत गर्न प्रतिबद्ध छ । समाजका हरेक तह र तप्काका आवाजलाई निष्पक्ष ढंगले उजागर गर्दै सकारात्मक परिवर्तनको पक्षमा उभिनु हाम्रो प्रमुख उद्देश्य हो । पत्रकारिता केवल सूचना प्रवाहको माध्यम मात्र होइन, समाज रुपान्तरणको सशक्त आधार हो भन्ने विश्वास हामीले लिएका छौं ।

समृद्ध नेपाल निर्माणमा सहयोग पुर्‍याउँदै भ्रष्टाचार, अन्याय, अनियमितता र गलत कार्यको सधैं खबरदारी गर्नु अग्निपोस्ट डटकमको स्पष्ट प्रतिबद्धता हो । ुसत्य लुक्दैन, सत्य दबिँदैनु यही मान्यताका साथ हामी जिम्मेवार पत्रकारिताको अभ्यासमा निरन्तर लागिरहनेछौं ।

यस यात्रामा पाठक, शुभेच्छुक, विज्ञ तथा सरोकारवालाबाट प्राप्त हुने साथ, सहयोग र रचनात्मक सुझावलाई हामी मार्गदर्शनका रूपमा ग्रहण गर्नेछौं । तपाईंहरूको विश्वास र सहभागिताले नै अग्निपोस्ट डटकमलाई अझ सशक्त, विश्वसनीय र प्रभावकारी बनाउनेछ ।

सत्यको पक्षमा निर्भीक आवाज उठाउँदै समाज परिवर्तन र गलत कार्यको खबरदारीमा योगदान दिने हाम्रो यो यात्रामा तपाईं सबैको साथ रहने विश्वास लिएका छौं । धन्यवाद ।

–अग्निपोस्ट डटकम परिवार