पोखरा । पामे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारीको वर्तमान अवस्था र त्यसको उचित व्यवस्थापन’ विषयमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रममा सहकारीका अभियन्ता सुदिप ढकालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहकारीका सञ्चालक समिति सदस्य, लेखा तथा व्यवस्थापन तहका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रशिक्षणमा सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, सुशासन, वित्तीय अनुशासन तथा प्रभावकारी व्यवस्थापनका विषयमा ढकालले सहजीकरण गरेका थिए ।
सहकारीको दीगो विकास, पारदर्शिता र सदस्य केन्द्रित सेवा प्रवाहलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहकारीका प्रबन्धक सुर्यमोहन पराजुलीले जानकारी दिए । सहभागीहरूले प्रशिक्षणबाट व्यवहारिक ज्ञान प्राप्त भएको भन्दै यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।