हाइकर्स क्लबद्वारा सरसफाई, ‘राउण्ड फेवा, भ्यू फेवा’ को प्रवर्धन

पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा हाइकिङ भाग–६७ मा पर्यटकीय राजधानी पोखराको पहिलो आकषर्ण फेवातालको किनारमा बनेको रानीबन भित्रको पैदल मार्गको प्रबर्धन गरी सम्पन्न भएको छ ।

विगत ७ वर्ष देखि नियमित रुपमा “स्वास्थ्य र पर्यटनको लागि हाइकिङ” भन्ने नारासहित आयोजित उक्त हाइकिङ कार्यक्रममा २२ जना हाइकर्सको सहभागिता रहेको थियो ।

अन्य कार्यक्रमहरुमा माघ महिनाको अन्तिम शनिबार सहभागीहरू बिहान ७ बजे ड्यामसाइडमा भेला भई फेवाबाँध भन्दा दक्षिण तर्फ बनेको पक्की पुल तरेर रानीबन भित्रको राउन्ड फेवा–भ्यू फेवा क्लोज सर्किट फुट ट्रयाक हुँदै वाटोमा देखिएको प्लाष्टिक जन्य फोहर मैला संकलन गर्दै हाइकिङ यात्रा सुरु गरिएको क्लबकी सल्लाहकार जुना गुरुङले वताईन् ।

 

उक्त दिन भने सहभागीहरूले अनदु आधारभूत विद्यालयको चौरमा आफैंले लगेको खाना खाई विश्राम गरेका थिए । जुन पहिलो अनुभव परि रहेको कार्यक्रम संयोजक पितम सेनले बताए ।

कार्यक्रमको क्रममा फेवातालमा मिसिएको हर्पनखोला पुनः पार गर्दै, प्याराग्लाइडिङ ल्याण्डिङ क्षेत्र हुँदै खपैदीसम्म करिब २० किलोमिटर दूरी पैदल हाइकिङ गरिएको हाइकिङमा सहभागि क्लबका कार्यसमिति सदस्य तिलक थापाले बताए ।

हाइकर्स क्लब नेपालका अनुसार यस्ता नियमित हाइकिङ कार्यक्रमले एकातिर सहभागीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र अर्कोतर्फ स्थानीय पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएका क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।