बुद्ध विशाल बजारमा खुल्ला रक्तदान कार्यक्रम हुने

पोखरा । कास्कीको पोखरा महानगरपालिका–४ स्थित बुद्ध विशाल बजारमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको आयोजनामा यही चैत ७ गते शनिबार उक्त कार्यक्रम सञ्चालन गरिने भएको हो ।

कार्यक्रम बुद्ध विशाल बजार परिसरमा राष्ट्रिय वाणिज्य बैंकतर्फ आयोजना गरिनेछ । रक्तदान जीवनदान भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको कार्यक्रममा इच्छुक व्यक्तिहरूलाई सहभागी भई रक्तदान गर्न एसोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरले आग्रह गरेका छन् ।

उनका अनुसार रक्तदान कार्यक्रमबाट समाजमा मानवसेवाको भावना विकास गर्न र कास्कीमा आवश्यक रगतको अभाव कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।