आज शहीद दिवस, शहीदप्रति श्रद्धा अर्पण गरी मनाइँदै

पोखरा । इतिहासको विभिन्न कालखण्डमा देश र जनताका लागि अग्रगामी परिवर्तका लागि भएका विभिन्न आन्दोलन, संघर्ष आदिमा मृत्युवरण गरेका वीर शहीदहरूप्रति श्रद्धा अर्पण गर्दै आज देशभर शहीद दिवस मनाइ्रँदैछ ।

वि.सं. २०१६ सालमा राजा महेन्द्रको शासनकालमा प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनमा होमिएका चार शहिद—दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गङ्गालाल श्रेष्ठ—को स्मृतिमा माघ १६ गतेलाई शहिद दिवसका रूपमा मनाउन थालिएको हो ।
नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

सरकारले शहीद दिवस विशेष कार्यक्रम सहित मनाउँदै सार्वजनिक विदा समेत दिँदै आएको छ ।