आज (शनिबार) पोखराका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले शनिबार (आज) पोखराका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

पोखरा महानगरपालिका सभागृहचोकमा रहेको ट्रान्सफर्मरलाई सडकको पेटीतर्फ स्थानान्तरण गर्नुपर्ने भएकाले मिति २०८२ माघ १७ गते शनिबार बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सहिदचोक, साराङ्कोट र बैदाम फिडरको विद्युत् आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।

यसैगरी, पृथ्वीचोकमा रहेको ट्रान्सफर्मरको पोल मर्मत कार्यका लागि एयरपोर्ट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिइएको छ ।

निर्धारित समयभित्र कार्य सम्पन्न गर्न सटडाउन गरिएको र कार्य चाँडै सकिएमा सोही अनुसार विद्युत् सेवा पुनः सुचारु गरिने नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्र, मालेपाटनले जनाएको छ ।