फेन्सी तथा रेडिमेड व्यवसायी संघको साधारणसभा सम्पन्न

पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १८ औ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घघाटन गर्दै प्रमुख अतिथि पोखरा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले पोखरा उद्योग वाणिज्य संघको एउटा महत्वपुर्ण वस्तुगत समिति अन्तरगत रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघ रहेको बताउदै पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुको हितको लागी विभिन्न कार्यक्रमहरु ल्याईरहेको बताए । अध्यक्ष कार्कीले त्यस्ता मत्वपुर्ण कार्यक्रमहरुमा पनि व्यवसायीहरुले कम महत्व दिने गरेको र सहभागीता पनि कम हुने गरेकोमा दुःख व्यक्त्त गरे । कार्कीले वाणिज्य संघमा फेन्सी व्यवसायी संघका साथीहरुको राम्रो उपस्थिीती रहेको बताउदै केहि समस्याहरु भएमा आफ्नो उपस्थिति नभएमा पनि उहाँहरुलाई सम्वोधन गरेर पठाउदा हुने समेत बताए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कर्मशका अध्यक्ष उमराज बास्तोलाले फेन्सी व्यवसायीले विभिन्न रचनात्मक कामहरू गरेको बताउदै सगठनलाई मजवुद बनाउन सके व्यवसायीहरू पनि मजवुद हुने बताए । पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आफ्नो महत्वपुर्ण समय बिताएको बताउदै पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागी आफुले अध्यक्षमा उमेदवारी दिन लागेको बताउदै सम्पुर्ण व्यवसायीले सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एकनारायण पनेरू संघका सस्थापक अध्यक्ष कमलनाथ कुवंर फेन्सी तथा रेडिमेड व्वसायी संघ चितवनका अध्यक्ष राम प्रसाद पौडेल संघका आजिवन सदस्य प्रजन कुमार थापा ईलेक्ट्रीक व्यवसायी एशोसियसनका अध्यक्ष केशव ढकाल लगाएतले बोेलेका थिए ।

कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आवद्ध व्यवसायीका छोराछोरी मध्य उच्च शिक्षामा उत्कृष्ट अंक ल्याउनेलाई तथा पुर्व अध्यक्ष, पुराना व्यवसायीहरु, आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।