पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी ५ ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । समाजमा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले ‘खुल्ला रक्तदान कार्यक्रम’ सञ्चालन गर्न लागिएको हो ।
आउँदो चैत ७ गते शनिबार बिहान ७:३० बजे वडा सदन हलमा कार्यक्रम सञ्चालन हुने वडा कमिटीले जनाएको छ । कार्यक्रममा स्थानीयवासी, युवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई सहभागिताका लागि आग्रह गरिएको छ ।
वडा कमिटी अध्यक्ष लक्ष्मण बरालले रक्तदान जीवन बचाउने महान कार्य भएको बताउँदै सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गरे । उनले भने, ‘समाजमा आकस्मिक अवस्थामा रगतको अभावका कारण धेरैले ज्यान गुमाउनुपरेको अवस्था छ । यस्तो समस्यालाई कम गर्न हाम्रो वडा कमिटीले यो कार्यक्रम आयोजना गरेको हो । साथै कमिटीको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम निरन्तर गर्दै आइरहेका छौं ।’
अध्यक्ष बरालले यस किसिमका सामाजिक कार्यक्रमले समुदायमा सहयोग र मानवीयताको भावना बलियो बनाउने विश्वास व्यक्त गरे ।
२०८३ बैशाख ७, सोमबार