फेदीखोलामा हिम शिखर क्लबद्वारा आयोजित चैतेदशैँ मेला सम्पन्न

स्याङ्जा । हिम शिखर क्लब फेदीखोलाद्वारा आयोजित चैतेदशैँ मेला २०८२ सम्पन्न भएको छ । चैत्र १० गतेबाट सुरु भएको मेलाअन्तर्गत आयोजना गरिएको क्लबस्तरीय भलिबल प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतिस्पर्धात्मक खेलमा मट्टिखान जेन्टलमेन क्लब र कालाभैरब ट्रेडर्स संयुक्त रूपमा प्रथम भएका छन् भने महरबा चिकेन स्वार्मा पोखरा तेस्रो स्थानमा रह्यो ।

मेलाको अन्तिम दिन लोकदोहोरी क्षेत्रका चर्चित कलाकार राजु परियार लगायतका राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो । मौसम प्रतिकूल भए पनि दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ ।

आयोजक हिम शिखर क्लबले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, कलाकार, स्थानीयवासी, प्रायोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ ।

भलिबल प्रतियोगिताको प्रथम पुरस्कार फेदीखोला समाज यूके, द्वितीय पुरस्कार फेदीखोला सेरोफेरो समाज हङकङ र तृतीय पुरस्कार फेदीखोला निर्माण सेवाले प्रायोजन गरेका थिए । साथै भेट्रान्सतर्फका पुरस्कार पुइमे फास्टफुड एण्ड रेस्टुरेन्ट पोखराले प्रायोजन गरेको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष दिलकाजी गुरुङले कार्यक्रम सफल बनाउन दिनरात खटिने पदाधिकारी, सदस्य, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मिडियाकर्मी तथा विभिन्न संघ–संस्थाप्रति विशेष धन्यवाद व्यक्त गरेका छन् ।