पोखरा । डाइनामिक पब्लिक लाइब्रेरी पोखराको आयोजनामा तथा अमेरिकन कर्नर पोखराको सहयोगमा नेतृत्व विकाससम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार अमेरिकन कर्नर पोखरामा आयोजित उक्त तालिममा ३४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई नेतृत्व विकासका विभिन्न पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिममा प्रशिक्षकका रूपमा मानिस गिरीले निर्णय क्षमता तथा समस्या समाधान सीपका बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै, आयुष बाटाजुले प्रभावकारी सञ्चार र प्रभाव पार्ने सीपबारे सहजीकरण गरेका थिए भने दिपक न्यौपानेले संगठनात्मक भूमिका र जिम्मेवारीका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम आयुष गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । आयोजकका अनुसार नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिममार्फत सहभागीहरुले नेतृत्व, सञ्चार तथा संगठनात्मक व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन् ।