पोखराको व्यस्त बजारमै हत्या, महिलामाथि खुकुरी प्रहार

पोखरा । मानिसहरूको चहल पहल हुने मध्यको एक पोखराको शिवालय चोक क्षेत्रमा एक महिला माथि खुकुरी प्रहार भएको छ । पोखरा ५ मालेपाटनकी ४२ वर्षीया सिर्जना पौडेलको बुधबार साँझ खुकुरी प्रहारबाट ज्यान गएको हो।
साँझ करिब ७ बजे सभागृह शिवालय चोक जाने बाटोमामा अज्ञात व्यक्तिले उनीमाथि एक्कासी आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
गम्भीर घाइते अवस्थामा तत्काल गण्डकी मेडिकल कलेज लगिए पनि उपचारका क्रममा उनको ज्यान गएको हो । घटनापछि आक्रमणकारी फरार रहेकाले प्रहरी परिचालन बढाइएको छ भने घटनास्थलबाट प्रमाण संकलन गरी अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।