तनहुँ । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्की ले सहकारी क्षेत्रमा देखिएका समस्याहरूलाई भुईँ तहबाटै पहिचान गरी कडाइका साथ समाधान गर्न आग्रह गर्नुभएको छ ।
मन्त्री कार्कीले गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी रजिस्ट्रार कार्यालय, पोखराको आयोजनामा दमौलीमा सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
मन्त्री कार्कीले सहकारी संस्थाहरूलाई पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउँदै अनियमितता नियन्त्रण गरेर सुसन्स्कृत ,प्रभाबकारी र ब्यबस्थित सहकारी क्षेत्रमा सबैको हातेमालो जरुरी भएको भन्दै समृद्धिको महत्त्वपूर्ण सहयात्री सहकारीका काम उत्पादनमुखी बनाउनेतर्फ निर्माणगर्नु पर्ने नितिगत ब्यबस्थाका बारेमा खुलेर सुझाव दिन आग्रह गर्नुभयो ।
समुन्नत समाज निर्माणका लागि कृयाशिल, पारदर्शी र ब्यबस्थित सहकारीको उत्कृष्ट भुमिका रहने भन्दै सहकारीका सिद्धान्त मात्रै परिपालना गर्दा पनि सो सम्भब हुने उल्लेख गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूबारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहकारी व्यवस्थापन सुधार, प्रभावकारी अनुगमन, सदस्य हित र उपभोक्ता प्रबर्द्धन , संरक्षण तथा कानुनी कार्यान्वयन सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा तनहुँस्थित स्थानीय तहका पदाधिकारी तथा सहकारी बिभाग हेर्ने कर्मचारीहरू एबम सरोकारवाला हरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्ले, गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भेषराज रिजाल तथा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले सहकारी क्षेत्रका समस्या ,समाधान र भाबी दिनमा प्रदेश सरकारको भुमिका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
