लायन्स पोखरा गार्डेन सिटीको वर्ष २०२६/२७ को ईलेक्सन कार्यक्रम सम्पन्न

पोखरा । लायन्स क्लब अफ पोखरा गार्डेन सिटीको लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गरिएको छ । क्लबका अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा सम्पन्न इलेक्सन कार्यक्रमबाट वर्ष २०२६/२७ को अध्यक्षमा सागर दास निर्वाचित भएका हुन् ।

त्यसैगरी फस्ट भाइस प्रेसिडेन्टमा टंकप्रसाद शर्मा पौडेल, सेकेन्ड भाइस प्रेसिडेन्टमा लोकबहादुर विश्वकर्मा, सचिवमा लक्ष्मी गुरुङ तथा कोषाध्यक्षमा बसन्त गुरुङ निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि इन्जिनियर तथा लेक्चरर देउकाजी गुरुङले सामाजिक सेवामा लायन्स क्लबको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ नेतृत्वले समाजमा अझ प्रभावकारी सेवा गतिविधि सञ्चालन गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दिनेश गुरुङले क्लबप्रति सदस्यहरूको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै सामाजिक कार्यमा सक्रिय रुपमा लाग्न आग्रह गरे ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष भेषराज पोखरेल, पूर्व अध्यक्षहरू चन्द्रप्रसाद अधिकारी, हिमान गुरुङ, बसन्तराज आचार्य तथा निवर्तमान अध्यक्ष सन्तोष पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य पूर्व अध्यक्ष बैकुण्ठ प्रसाद पौडेलले राखेका थिए भने सञ्चालन सचिव लक्ष्मी गुरुङले गरेकी थिइन् ।