चियासँग साहित्य: चिया दरबारमा शुक्रबार गजल विशेष साँझ हुँदै

पोखरा । पोखराको शिवालय चोकस्थित ‘चिया अन दरबार’ ले दोस्रो संस्करणको “चियासँग साहित्य” कार्य्यक्रम आयोजना गर्ने भएको छ । आगामी २०८३ जेठ १५ गते शुक्रबार साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा गजल वाचन तथा साहित्यिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 

कार्यक्रममा साहित्यकार कपिल शर्मा, मन क्षेत्री र अमृत सुवेदीको विशेष गजल वचनमा झुम्न पाइने सञ्चालक महेन्द्र उपाध्याय ‘मन्नु’ ले जानकारी दिए ।

 

चियाको चुस्कीसँगै साहित्यिक बहस, गजल र सिर्जनात्मक प्रस्तुतिमार्फत दर्शकलाई फरक अनुभूति दिलाउने उद्देश्य कार्यक्रमको रहेको उनको भनाइ छ ।

 

‘चिया र साहित्यको संगम’ बन्ने अपेक्षा गरिएको कार्यक्रममा साहित्यप्रेमी, गजल अनुरागी तथा चिया पारखीलाई उपस्थितिका लागि चिया अन दरबारले आग्रह गरेको छ ।

कार्यक्रमको होस्ट रोट्रयाक्ट न्युरोड पोखराले गरेको छ भने मिडिया पार्टनरको रुपमा गन्थन डटकम, पब्लिक टिभी र अग्निपोस्ट डटकम रहेका छन् ।

चिया अन दरबार तीनजना युवाहरु महेन्द्र उपाध्याय मन्नु, आशिष सापकोटा र आविष्कार केसी मिलेर सञ्चालनमा ल्याएका हुन् । स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफै आत्मनिर्भर बन्न तथा रोजगारी सिर्जना गर्नका लागि सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ ।