पोउवा संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोलाको उम्मेदवारी घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघका हालका उपाध्यक्ष (उद्योग) दिनेशचन्द्र बाँस्तोलाले आगामी ३६औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत घोषण गरेका बाँस्तोलाले संघमा दुई कार्यकाल प्रत्यक्ष निर्वाचित सदस्य (२०७५–२०७७ र २०७७–२०७९), त्यसपछि कोषाध्यक्ष (२०७९–२०८१) र हाल उपाध्यक्ष (उद्योग) (२०८१–२०८३) का रूपमा अनुभव बटुलिसकेका छन् ।

उनले यी जिम्मेवारीका क्रममा उद्योगी–व्यवसायीको हित, संस्थाको गरिमा अभिवृद्धि तथा संघको प्रभावकारी भूमिकालाई सुदृढ बनाउन इमानदारीपूर्वक काम गरेको दाबी समेत गरे ।

आगामी भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन मा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको जानकारी दिँदै बाँस्तोलाले आफूलाई विगतझैँ उद्योगी तथा व्यवसायीको साथ, सहयोग, सल्लाह र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले जिम्मेवारीले व्यक्तिलाई अझ कर्तव्यनिष्ठ बनाउने उल्लेख गर्दै आगामी दिनमा पनि उद्योगी–व्यवसायीको हित र संस्थाको प्रतिष्ठा अभिवृद्धिका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।