पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी सर्वसम्मत चयन भएका छन् । संस्थाको ३३औँ वार्षिक साधारणसभा तथा १९औँ अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण संग्रौला र सचिवमा भूपेन्द्रकुमार लामा चयन भएका छन्। त्यस्तै, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन भएका छन्।
कार्यसमिति सदस्यमा बलराम दाहाल, भुपेन्द्र गौतम, अजयराज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष सुवेदीले गण्डकी प्रदेशका ट्रेकिङ गन्तव्यको विकास, पदमार्गको संरक्षण र पर्यटक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले प्रदेशको पदयात्रा पर्यटनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ अघि बढ्ने बताए।
गण्डकी प्रदेशमा पदयात्रा पर्यटनको विकास, पर्यटकीय पूर्वाधारको संरक्षण तथा पर्यटकलाई सुरक्षित र सहज यात्रा अनुभव प्रदान गर्नु नयाँ कार्यसमितिका प्रमुख कार्यक्षेत्र हुनेछन्।